गृहमन्त्रीले सिरहाका सीडीओलाई मन्त्रालय ताने, बासुदेब दाहाल आउँदै

लहान– गृह मन्त्रालयले सिरहामा सीडीओ परिवर्तन गरेको छ। उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै सिरहाका सीडीओ परिवर्तन गरेका हुन।
सिराहामा कार्यरत सीडीओ राजेन्द्रदेव पाण्डे गृह मन्त्रालय तानिएका छन् भने मन्त्रालयमा कार्यरत बासुदेव दाहालले सिराहाको सीडीओको जिम्मेवारी पाएका छन्।
सोही निर्णयबाट नुवाकोटका सीडीओ सुरेन्द्र पौडेल पनि मन्त्रालय तानिएका छन्। लमजुङबाट केही दिन अघि मन्त्रालय तानिएका सहसचिव रामकृष्ण अधिकारीलाईलाई नुवाकोटको सीडीओको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया