सरकारलाई ठगेको आरोपमा जनकपुर र सिरहाका ५ जना सुनचाँदी ब्यवसायी पक्राउ
लहान– सरकारलाई ठगी गरेको आशंकामा राजश्व अनुसन्धान विभागले जनकपुरका ४ जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ।
बलराम ज्वेलर्सका संचालक बलराम साहसहित ४ जना पक्राउ परेका हुन। उनीहरुलाई राजश्व छलेको आशंकामा पक्राउ गरिएको हो। राजश्वको अनुगम टोलीले उनीहरुसँग बिलबिजक माग गरेको थियो।
मागेको बेला विलविजक पेश गर्न नसकेपछि उनीहरुलाई पक्राउ गरिएको जनाईएको छ। यसैगरी, टोलीले सिरहाबाट पनि एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ।
ब्यवसायीलाई पक्राउ गरेको विरोधमा जानकी मन्दिर स्थित सोनारपट्टी बजारमा व्यवसायीले पसल बन्द गरेर प्रदर्शन गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
‘परीक्षा दिइरहेकी छात्रालाई पास गराइदिने’ भन्दै ठगी आरोपमा पक्राउ परेका व्यक्ति सामाजिक सुरक्षामन्त्री
