राजविराज कारागारमा १९ वर्षिय थुनुवाको मृत्यु, शौचालयमा भेटियो शव

राजविराज– बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा रहेका एक जना थुनावा युवक मृत फेला परेका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डलको शव आइतबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको हो।

इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा १७ साउनमा पक्राउ परेका उनी ११ भदौदेखि पुर्पक्षका लागि थुनामा थिए।

२३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधा कुमारी मण्डलको सहयोगमा देवेन्द्रले बालिकालाई १३ साउनमा बन्धक वनाई जवरजस्ती सिन्दुर हालेको र बलात्कार गरेको आरोप लागेको थियो।

बालिकाका बुबाले उनीविरुद्ध उजुरी दिएका थिए। सप्तरी प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा लगेको थियो। जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

त्यसपछि फैसला पर्खिरहेका मण्डल आईतबार झुण्डिएको अवस्थामा फेला परेको राजविराज कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट