राजविराजका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचको टकराव अदालत पुग्यो

राजविराज — राजविराज नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्व अदालतमा पुगेको छ। नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाएपछि गुरुङ्ग अदालत पुगेका छन्।

राजविराजन नगर कार्यपालिकाको १९ माघको बैठकले १ फागुनदेखि लागु हुने गरी गुरुङलाई मन्त्रालय फिर्ता पठाएको थियो। कार्यवाहक मेयर ईसरत परविनद्वारा हस्ताक्षरित पत्रमा गुरुङलाई संघीय मामिला तथा समान्य प्रसासन मन्त्रालयमा फिर्ता पठाईको उल्लेख छ।

राजविराज नगरपालिकाकाा प्रवक्ता एवम वडाध्यक्ष जयनारायण मण्डलले गुरुङले राजनीति धेरै गरेकाले उनलाई फिर्ता पठाउनु पर्ने बाध्यता भएको वताए। उनी कर्मचारी भन्दा पनि नेता बन्न खोजेको मण्डलले बताए।

नगरपालिकाको काम भन्दा अन्य काममा व्यस्त हुने, जनप्रतिनिधीहरुबीच द्वन्द्व सिर्जना गराउने, विभिन्न बहानामा नगरपालिकाको कामलाई टार्दै जाने गर्न थालेपछि यो अवस्था आएको उनको आराोप छ।

कार्यपालिकाले निर्णय गरि मन्त्रालय फिर्ता पठाएका प्रमुख प्रशासकीय अधिकृत गुरुङले भने आफूले त्यो निर्णय मान्नुपर्ने बाध्यता नरहेको दाबी गरे। ‘मैले यो निर्णय मानिईरहनुपर्ने बाध्यता छैन। कानुनी उपचारमा लाग्छु’ उनले भने।

जनप्रतिनिधिहरुबीचको द्वन्द्वको मारमा आफूलाई पारेको उनको गुनासो छ। करारका कर्मचारी हटाउने कि राख्ने सन्दर्भमा कार्यपालिकाका सदस्यहरुबीच विवाद रहेको र आफु कुनै पक्षमा नलाग्दा निसाना वनाईएको गुरुङको गुनासो छ। उनी गत २५ भदौमा मात्रै राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन।

गुरुङले कार्यपालिकाको निर्णय विरुद्धमा मंगलबार उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट दायर गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट