गोरु चोरेर काटेर खाएको आरोपमा तीन जना पक्राउ

भारदह (सप्तरी)– गोरु काटेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ बाट बुधबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–१३ का ४० बर्षिय जफ्रुल मन्सुरी, ३५ बर्षिय कैयुजुम मन्सुरी र २५ बर्षिय मो सम्सादलाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीय तेज नारायण सिपलियाको गोरु हराएपछी खोजतलास गर्ने क्रममा उनीहरुले काटेर खाएको खुलेको थियो। त्यसपछि तीनै जनालाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का अध्यक्ष अजय यादवले बताए।

तिनै जना इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा छन्। घट्नाको विषयमा थप अनुशन्धान राखी अनुसन्धान भइरहेको सप्तरीका एसपी गजुसिद्वी बज्राचार्यले बताए। पक्राउ परेका तिनैजना यसअघि पनि पशु चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएको वडा अध्यक्ष यादवले जानकारी दिए।

गाई, गोरु, भैसी, खसी लगायतका चौपाया चोर्ने, काटेर खाने तथा जिउँदै बेचविखन गर्ने कार्यमा उनीहरुको संलग्न रहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट