मृत्यु भइसकेका मान्छेको पेन्सन वाणिज्य बैंककै कर्मचारीले निकाले, एक जना पक्राउ

काठमाडौं– वाणिज्य बैंकको महाराजगञ्ज शाखाका एक जना कर्मचारीले मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन आफैंले झिकेको खुलासा भएको छ।

मृत्यु भईसकेका ब्यक्तिको पेन्सन झिकेर हिनामिना गर्ने कार्यालय सहयोगी भएको प्रहरीले जनाएको छ। कार्यालय सहयोगी रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका पूण्यप्रसाद अधिकारी पक्राउ परेका छन्।

बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ। प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागेको छ।

पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको देखाएर पेन्सन भने अधिकारी आफैंले लिने गरेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट