६ वर्षसम्म सन्तान नभएको भन्दै श्रीमतीलाई सामुहिक बलात्कार गराउने पुरुष पक्राउ

काठमाण्डौँ– आफनै श्रीमतीलाई सामुहिक बलात्कार गराउने एक ब्यक्ति पक्राउ परेका छन्। यो घटना भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लाको हो।

आरोपित पुरुषले बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएका भन्दै श्रीमतीलाई २ जना पुरुष बोलाएर बलात्कार गराएको जनाईएको छ। ती पुरुष विरुद्ध उनकै सासुले मुरैना जिल्लाको बसैया थानामा उजुरी गरेकी छिन्।

ज्वाइँले आफ्नी छोरीको सामूहिक बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन्। छोरीले यसबारेमा आफूलाई सुनाएपछि घटना बारे आफुले जानकारी पाएको महिलाको भनाइ छ।

६ फेब्रुअरी (२३ माघ) का दिन बाइकमा ज्वाइँ–छोरी नै रायपुर गएको र सोही साँझ तोरीबारीमा काम गरिरहेका दुई मजदुरबाट ज्वाइँले आफ्नी छोरीलाई बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन्।

बलात्कार गराइसकेपछि पत्नीलाई उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएको तर छोरीले आफूलाई जानकारी गराएपछि प्रहरीसमक्ष उजुरी दिएको ती महिलाको भनाइ छ।

प्रहरीले सोही उजुरीका आधारमा पीडित महिलाका पति र बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। आरोपित पतिले आफ्नो अपराध स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो घट्नाले पति–पत्नीको पवित्र सम्वन्धलाई समेत कलङ्कित तुल्याएको भन्दै आलोचना भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट