ट्रक पल्टिँदा आफ्नै पसलमा बसेका जुम्ल्याहा बालबालिकाको मृत्यु
मोरङ- मोरङमा ट्रक पल्टिँदा दुई बालबालिकाको मृत्यु भएको छ। बुढीगंगा गाउँपालिका–४ मा भारतीय प्लेट आरजे २९ जीबी १५६१ नम्बरको मालबाहक ट्रक पल्टिएको थियो।
ट्रकले पसलमा रहेका तीन÷ चार जना च्यापिएको शंका गरिएको थियो। त्यसमध्ये सोही ठाउँका स्थानीय ५ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन्। उनीहरू बुवासँगै पसलमा बसिरहेका थिए। उनीहरूका बुवा ५० वर्षीय ज्योति अधिकारीको घुँडामुनिको भाग थिचिएकाले त्यही अक्सिजन दिएर राखिरहेको छ। उनको उद्वार गर्ने कार्य भइरहेको छ।
त्यहीँकी एक रिया खवास भन्ने बालिका पनि हराइरहेकी छन्। ती बालिकालाई पनि ट्रकले थिचेको हुन आशंका छ। ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया