वेहुला आउन ढिलो भएपछि वेहुलीले गरिन आफनै भिनाजुसँग विहे
काठमाडौँ– भारतको उत्तर प्रदेश राज्यको झाँसीमा बेहुला आउन ढिला भएपछि एक किशोरीले आफ्नै भिनाजुसँग विवाह गरेकी छिन्।
उत्तर प्रदेश सरकारले घोषणा गरेको ‘मुख्यमन्त्री सामूहिक विवाह योजना’ अन्तर्गत मंगलबार झाँसीको पोलिटेक्निक कलेज मैदानमा यो घट्ना भएको जनाईएको छ। सरकारले यो योजना अन्तर्गत विवाह गर्ने जोडिलाई केही आर्थिक सहयोग पनि दिने पनि घोषणा गरेको छ।
सरकारको सोही सुविधा लिनका लागि ति किशोरीले भिनाजुसँग विवाह गरेको भारतीय सञ्चार माद्यमहरुले जनाएका छ। समाचार अनुसार झाँसीको बामोर निवासी खुसी नाम गरेकी किशोरीको विवाह विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग हुने तय भएको थियो।
सोही अनुसार उनीहरुले सामूहिक विवाह गर्ने नाम टिपाएका थिए। उनीहरुको रजिस्ट्रेसन नम्बर ३६ थियो। तर सामूहिक विवाह कार्यक्रममा बेहुला आइनपुगेन्। त्यसपछि सरकारी कर्मचारीकै सल्लाहमा खुसीका भिनाजु दिनेशले वृषभान बनेर उनलाई सिन्दुर हाले।
तर विवाह सकिनासाथ बेहुलीले आफ्नो सिन्दुर र टीका पुछेकी थिइन्। उनको यो कृयाकलाप सवैलाई अनौठो लाग्यो र कौतुहलतापूर्वक सोधखोज सुरु भयो। त्यस क्रममा उनले आफ्नै भिनाजुसँग विवाह गरेको खुलेको थियो। उनका भिनाजु दिनेशले पनि खुसीको सिउँदोमा सिन्दुर हालेको र उनी आफनो साली भएको स्विकारेका थिए।
सोधखोज गर्ने क्रममा बेहुली खुसीले आफनो नाम समेत ढाँट्ने प्रयास गरेकी थिईन। उनले कहिले आफनो नाम खुशी र कहिले छवि भन्दै ढाँटेकी थिईन। अन्त्यमा टाढाबाट आउनु परेका कारण समयमै बेहुला आइनपुगेपछि आफूले भिनाजुसँग विवाह गरेको बताइन्। यो काम गलत भएको जानकारी भएपछि बाध्यताबस यस्तो गर्नु परेको उनको भनाई छ।
समाज कल्याण अधिकारी ललिता यादवले यसबारे उजुरी परेमा आवश्यक कारबाही गर्ने बताएकी छन्।