गठवन्धनमा ९ बुँदे सहमतिः ८ बुँदा सार्वजनिक, नवौं बुँदा केपी–प्रचण्डले लुकाए

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाको नयाँ गठवन्धनबीच ८ बुँदे सहमति पत्रमा सोमवार साँझ हस्ताक्षर भएको छ। तर, ८ वुँदेमा मुख्य सम्झौता भने समेटिएको छैन। सहमति पत्रमा नसमेटिएको वुँदा हो– आलोपालो प्रधानमन्त्री।

गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। जसमा माओवादी र एमालेले दुई–दुई वर्ष सरकारको नेतृत्व गर्नेछन्।

सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरुको दुई वर्ष र बाँकी दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। दुई नेता र दुई पार्टीबीच भएको यो भद्र (गोप्य) सहमति हो। जुन ८ बुँदेमा समेटिएको छैन।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमालेसँग भएको १० पुस ०७९ को सम्झौता मान्न पुगेपछि अहिलेको परिस्थिती वनेको हो। जसमा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेको छ।

चार दलका शीर्ष नेताहरुबीच आठ बुँदे लिखित सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने र उपाध्यक्ष नेकपा एमालेले लिने लगायतका विषय छन्।

प्रधानमन्त्रीले नयाँ गठबन्धनबाट एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबा डोलप्रसाद अर्याललाई मन्त्रिपरिषदमा समावेश गरिसकेका छन्। हाल विना विभागिय मन्त्रीको सपथ लिएका उनीहरु तीनै जना दोस्रो पटक मन्त्री ब्नेका हुन।

हेर्नुहोस् सहमति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट