काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो

राजविराज– कपिलवस्तुबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ। बस अनियन्त्रित भएर आज बिहान ५ बजे नदीमा खसेको प्रहरीले जनाएको छ।

बसमा रहेका मध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटको टोलीले नदिबाट उद्वारा गरेको छ। डिएसपी नेतृत्वको १८ जनाको टोलीले उनीहरुलाई जीवितै उद्वार गरेको हो।

उद्वार गरिएकाहरुलाई उपचारका लागि गजुरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट