राप्रपा कार्यालयमा कुटाकुटः ‘भ्रष्टाचारी’ भनेको बदला लिन पाण्डे समर्थकले ठाकुरमोहनलाई कुटे

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठ पार्टी कार्यालयमै कुटिएका छन्। श्रेष्ठमाथि कुटपिट गराएको आरोप पूर्वमन्त्रीसमेत रहेका नेता विक्रम पाण्डे माथि लागेको छ।

आइतबार राप्रपाको कार्यसम्पादन समिति बैठक बसेको थियो। बैठकमा धारणा राख्ने क्रममा ठाकुरमोहनले नेता पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेका थिए। वैठकमा उनीहरुको चर्चाचर्की परेको थियो। त्यसपछि बैठक स्थगन गरेर खाना खान निस्कनेक्रममा श्रेष्ठलाई नेता पाण्डे समर्थित कार्यकर्ताहरूले हातपात गरेका छन्। उनलाई पाण्डेका समर्थकले लखेटी–लखेती कुटेका थिए।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले ठाकुरमोहनले बैठकमा प्रयोग गरेको शब्दका कारण कुटिएको बताएका छन्। ‘कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठ कुटिनुभएको हो। बैठकमा उहाँले केही शब्द प्रयोग गर्नुभएको थियो। त्यसकै कारण कुटिनुभएको हो भन्ने भन्ने बुझेका छौँ।’– उनले भने।

उनले घटनामा संलग्नलाई कारबाही गरिने बताए। अध्यक्ष राजेन्द्र लिङ्देनकै कार्यकक्ष बाहिर भएको घटनालाई राप्रपाले संवेदनशीलरूपमा लिएको प्रवक्ता श्रेष्ठले बताए। कार्यालयभित्रै पार्टीका नेतामाथि भएको भौतिक आक्रमणपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बिथोलिएको छ।

खानपिन सकिएपछि पार्टीका प्रमुख नेताहरू अध्यक्ष लिङदेनको कार्यकक्षमा जम्मा भएर सीसीटीभी फुटेज हेर्न थालेका छन्।


प्रतिक्रिया

2 thoughts on “राप्रपा कार्यालयमा कुटाकुटः ‘भ्रष्टाचारी’ भनेको बदला लिन पाण्डे समर्थकले ठाकुरमोहनलाई कुटे

  1. गुण्डा राजको अन्य होस् जो सुकै होस के का मा नै हातपात गर्नेलाई निर्मम कारबाही होस।।

  2. अराजक गर्ने झोले हरु लाई ज्यानमार्ने अभियोग मा मुद्दा  दर्ता गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट