मन्त्रीलाई सपथ गराउँदा गराउँदै सुदुरपश्चिमका प्रदेश प्रमुखको पद खुस्कियो

काठमाडौं– मुख्यमन्त्री कमलबहादुर शाहले सोमवार नागरिक उन्मुक्ति पार्टीबाट थप गरेका एक जना मन्त्रीलाई सपथ गराउँदा गराउँदै सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशी बर्खास्त भएका छन्।

प्रदेश प्रमुख जोशीले नवनियुक्त मन्त्री नागरिक उन्मुक्तिको संसदीय दलका पूर्वनेता लक्ष्मणकिशोर चौधरीलाई सपथ गराएलगत्तै सरकारले तीनवटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ। मन्त्रीलाई सपथ गराएर आफ्नो कार्यकक्षमा पुग्नासाथ सरकारले उनीसहित मधेशका हरिशंकर मिश्र र गण्डकीका पृथ्वीमान गुरुङलाई हटाउने निर्णय सार्वजनिक गरेको थियो।

सरकारले मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिबाट गत शुक्रबार थप दुई मन्त्री तथा एक राज्यमन्त्री नियुक्त गरेका थिए। आज राज्यमन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो। योसँगै आठ सदस्यीय प्रदेश सरकारमा नागरिक उन्मुक्तिका मात्रै पाँच मन्त्री छन्।

केन्द्रमा गठबन्धन फेरिएसँगै सुदूरपश्चिम सरकार गठनका लागि निर्णायक बनेको नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनाले मन्त्री बन्ने अवसर पाएका हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। अझै पनि उनको पक्षमा बहुमत जुटिसकेको छैन।

मुख्यमन्त्रीले एक सदस्य रहेको राप्रपा र स्वतन्त्र सांसदलाई समेत मन्त्री पद दिएर सरकारमा सामेल गराएर बहुमत पु¥याउने कसरत गरिरहेका छन्। ५३ सदस्यीय प्रदेश सभामा अहिले कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात गरी २५ सदस्यको सरकारलाई समर्थन छ। राप्रपा र स्वतन्त्र सांसदले मत दिए ठिक्क वहुमत (२७) पुग्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट