१५ लाखमाथि सिक्री दाईजो माँग्दा सिन्दुर हाल्ने वेला सरकारी कर्मचारीकै विवाह भाँडियो

राजविराज– राज्यको नजरमा दाईजो लिनु र दिनु अपराध हो। कानुनले दाईजो प्रथालाई निरुत्साहित गर्न कारवाहीका ब्यवस्थाहरु गरेको छ। तर, सरकारी सेवामै रहेका दुई कर्मचारी (वेहुला र वेहुली) बीच दाईजोमा कुरा नमिल्दा पर्साको वीरगन्जमा विवाह नै भाँडिएको छ।

दाईजोमा कुरा नमिलेपछि वेहुलाले विवाह छोडेर हिडेको भन्दै वेहुली पक्षको मौखिक उजुरीका आधारमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। स्थानीयका अनुसार वीरगञ्ज महानगरपालिका—२४ स्थित रानीघाटका सुखल साहकी छोरी २४ वर्षीया रमिताकुमारी र बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहको विवाह समारोह चलिरहेको थियो।

सोही क्रममा सिक्री नदिएको विषयमा वेहुला पक्षले विवाद गर्यो। विवाद वढ्दै गएर हात हालाहाल समेत भएको उनीहरुको भनाई छ। घटनापछि पुगेको प्रहरीले वेहुला पक्षका ८ जनालाई नियन्त्रणमा लिएको थियो। जानकारी अनुसार उमेश वीरगंज महानगरको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर र रमिता वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा करारमा कार्यरत कर्मचारी हुन।

लामो समयदेखि प्रेम सम्वन्धमा रहेका उनीहरुले घरपरिवारलाई मनाएर मागी विवाह गरिरहेका थिए। विवाहको कुरा एक वर्षअघि नै छिनिएको थियो। तर, दुबै पक्षका परिवार यो विवाहले सन्तुष्ट नभएको पाईएको छ। तथापी उमेश जन्ती लिएर वेहुलीको घरमा पुगे।

विवाहका क्रममा ‘पैरक्षण विधि’ का लागि दुलाहा पक्षका परिवार र दुलही पक्षका परिवारबीच जमघट भयो। ‘पैरक्षणमा सगुन स्वरूप बेहुलाले गहना ल्याउनुपर्ने प्रचलन अनुसार ढोलना भन्ने गहना राखियो। केटी पक्ष त्यसमा असन्तुष्ट देखिए’ एक स्थानीयले भने–‘त्यही पनि विवाहको कार्यक्रम चलिरहेकै थियो। वेहुला पक्षले पनि सिक्रिको विषयमा विवाद गर्यो। त्यसपछि सिन्दुरदान मात्रै बाँकी रहेका वेला विवाह भाँडियो।’

वेहुली पक्षका अनुसार वेहुलाले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार र एक थान ल्यापटप लिइसकेको छ। तर विवाह मण्डपमा बेहुलाले सुनको सिक्री पनि मागेका थिए। बेहुली पक्षले अहिले तत्काल सिक्री दिन नसक्ने भनेपछि बेहुलाले ‘विवाह अब हुँदैन’ भनेर जन्ती फर्काउन लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

पर्सा प्रहरीका एसपी कुमोद दुङ्गेलले दाइजो नदिएको निहुंमा विवाह रद्द गरिएकाले बेहुली पक्षले जाहेरी दिएमा कानून बमोजिम कारबाही अगाडि बढाउने बताए।


प्रतिक्रिया

One thought on “१५ लाखमाथि सिक्री दाईजो माँग्दा सिन्दुर हाल्ने वेला सरकारी कर्मचारीकै विवाह भाँडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट