‘वुद्ध भारतमा जन्मिएको’ भनेपछि रुसमा नेपाली युवाले भारतीय महिलालाई माफी मगाए

काठमाडौं– छिमेकी राष्ट्र भारत नेपालको असल मित्र हो। नेपालको सुखदुखमा भारत सँधै अगाडि हुन्छ। भुकम्पका बेला उद्वार र राहत वितरण होसको समयमा होस वा नेपालको संविधानप्रति आपत्ति जनाएर नाकावन्दी गर्ने कुरामा होस, भारतले देखाएको ब्यवहार नेपालको इतिहाँसमा लेखिने छ।

हुँदाहुँदा भारतीयले कहिलेकाही नेपाललाई नै भारतको हिस्सा हो भन्नसमेत भ्याउँछन्। सिमा क्षेत्रका भारतीयहरुको चलनचल्तीको भासामा भन्दा त भारत नभए नेपालीहरु खान नपाएरै मर्छन। यही वुझाईले भारतीयले नेपालीलाई हेप्ने पनि गर्छन। यतिमात्रै होईन, सगरमाथा र गौतमवुद्धमाथि प्रभुत्व जमाउन खोज्छन्।

गौतमवुद्ध भारतमा जन्मिएका हुन भनेर त कयौ पटक भनिसके। अझै पनि जारी नै छ। हुँदाहुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत कयौं पटक भारतलाई सगरमाथाको देश भनेर चिनाउने गरेका छन्।

यो सिलसिला जारी नै छ। यसैबीचमा गत ५ मार्चमा रुसको सोची शहरमा आयोजित ‘वर्ल्ड युथ फेस्टिभल’मा भारतीय प्रतिनिधिले बुद्धको जन्मस्थल भारत रहेको बताएपछि नेपाली प्रतिनिधिको विरोध खेप्नु परेको छ। नेपाली प्रतिनिधिले प्रतिवाद गरेपछि भारतीय महिला प्रतिनिधि रिचेन ल्हामोले माफी मागिन।

अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा भारतीय प्रतिनिधिले गरेको उक्त कुप्रचारले भ्रम उत्पन्न हुनुका साथै संसारभर फैलिएर रहेका बौद्ध धर्मावलम्वीहरुको आस्थामा गम्भीर चोट पुग्ने भन्दै नेपाली युवाहरुले तत्काल प्रतिवाद गरेका थिए। त्यसपछि रिचेनले ‘आफुले नेपालीको मनमा ठेस पुर्याउन नचाहेको’ भन्दै माफी मागेकी थिईन।

विश्वका १८० वढि देशबाट युवाहरु जम्मा भएको कार्यक्रममा उनले ‘म आफ्नो भनाइलाई सच्याउन चाहन्छु, बुद्धको जन्म नेपालमा भएको हो। बुद्धले बुद्धत्व भने भारतमा पाएका हुन्।’ भन्दै आफनो भनाई सच्याएकी थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट