नर्सको हत्या उनकै प्रेमीले गरेको खुलासाः ह्वाट्सएप मार्फत साथीलाई पठाएका थिए फोटो

विराटनगर– सिरहाको फलकाहकट्टी घर भएकी २२ वर्षीय चन्द्रिकादेवी दास विराटनगर–४ स्थित नोबेल अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत थिईन। अस्पताल नजिकै बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा उनको डेरा थियो।

दुई महिना अगाडिदेखि त्यहाँ डेरा गरी बस्न थालेकी उनी शुक्रबार करिव १२ बजे आफै वस्ने कोठाको बाथरुममा मृत फेला परिन। अनुशन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हत्यारालेले चन्द्रिकाकै साथीलाई म्यासेज गरेर घट्नाको जानकारी दिएका थिए।

रगत लतपतिएको फोटो ह्वाट्सएपमार्फत मृतककै साथीलाई पठाएर ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु,’ भन्दै जानकारी गराएपछि घट्ना सार्वजनिक भएको थियो। ह्वाट्सएपमा म्यासेज आएपछि उनले डा. गिरीको घरमा बस्ने अर्की साथीलाई त्यसको बारेमा जानकारी दिएकी थिईन।

हत्याराले चन्द्रिकाको हत्यापछि शौचालयमा शव फालेर कोठामा ताला लगाइ फरार भएको पाईएको छ। प्रहरीका अनुसार कोठाको चावी भने उनले मृतक दासकै साथीलाई दिएको खुलेको छ। प्रहरीसम्म कुरा पुगेपछि बाथरुम खोलेर हेर्दा उनको घाँटी तथा तथा शरीरको अन्य विभिन्न भागमा धारिलो हतियारले काटिएको चोट थियो।

घट्ना अनुशन्धानका क्रममा रहेको प्रहरीले दासको हत्या उनकै प्रेमीले गरेको जनाएको छ। ती युवा चन्द्रिकाको हत्या गर्न २९ फागुनमा सिरहाबाट विराटनगर पुगेको प्रहरीको भनाई छ। प्रेममा खटपट भएपछि चन्द्रिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

मोरङ प्रहरीका एसपी नवराज कार्कीले घटनाको अनुसन्धान भइरहेको भन्दै हत्याको कारणबारे केही बताउन नचाहे पनि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हालसम्मको अनुशन्धानमा प्रेम प्रकरण नै हत्याको कारण देखिएको छ।

हत्यामा संलग्न भएका युवा हालसम्म पक्राउ परेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट