बालेन्द्रको ब्यंग्यः नयाँ मन्त्रीले पुराना फाइल खोल्दै हुनुहुन्छ रे, गोजी भरेर निस्किनु पर्ने छ रे

राजविराज– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारका मन्त्रीहरूलाई व्यंग्य गरेका छन्। उनले स्वास्थ्य मन्त्रालयमा भएका एकजना भाई डाक्टरले भनेको भन्दै नयाँ मन्त्रीहरूबारे टिप्पणी गरेका हुन्।

केन्द्रीय सरकार र नेताविरुद्ध बारम्बार कटाक्ष गर्दै आएका मेयर साहले फेसवुकमा स्ट्याटस लेख्दै आफुले सुनेको कुरा गलत होस् पनि भनेका छन्। उनको फेसवुक स्ट्याटस हेर्दा उनको ब्यंग्यको निसाना उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित नयाँ बनेका मन्त्रीहरु रहेको अनुमान लगाउन गाह्रो पर्दैन। तर, उनले नाम भने कसैको पनि उल्लेख गरेका छैनन्।

पुराना फाईल खोलेर गोजी भरेर निस्कने उदेश्यले मन्त्रीहरु हतार हतार गरिरहेको उनको आसय छ। ‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर गोजी भरेर निस्किनु पर्ने छ रे, सरकार जति दिन टिक्छ’, उनले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसा’बको कुरा! मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट