प्रेम प्रश्ताव अस्विकार गर्दा जंगल जाने साथीले गरे सुष्माको हत्या, प्रहरीलाई छल्न विवाहको नाटक

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरको जंगलमा स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या गरी शव गाडेको घटनामा छिमेकी एवम् मृतकका प्रेमी २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ।
२२ माघ देखि हराएकी सुष्माको शव २४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो। दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले भोलीपल्ट उत्खनन गरेर उनको शव पहिचान गरेको थियो।
सुष्माले लगाएको कपडाको गोजीमा भेटिएको चाबीबाट उनकी आमा लुच्ची तामाङले शव सुष्माकै हो भनेर पहिचान गरेकी थिईन। सुष्मा र रुपेन्द्र जंगल जाने साथी हुन। बाख्रा चराउन, घाँस काट्न जंगल जाँदा उनीहरु सँगै जान्थे।
पछिल्लो करिव आठ महिनादेखि रुपेन्द्र सुष्माको एकतर्फी प्रेममा परे। उनले एक पटक विवाहको प्रस्ताव पनि राखेको पाईएको छ। सुष्माले भने आफु पहिला विदेश जाने त्यसपछि मात्रै प्रेम वा विवाह गर्ने वताएर उनलाई पन्साउँदै आएकी थिईन।
पटक पटक प्रेम प्रश्ताव अस्विकार गरेपछि उनले सुष्माको हत्या गर्ने योजना वनाएको खुलेको छ। उनले हत्या गरेर शव खाल्टोमा गाड्ने योजनासहित झोलामा कुटो वोकेर ७ दिनसम्म सुष्माको पिछा गरेका थिए। सुष्माले पढ्ने बुढानीलकण्ठ मावि जाने बाटो कुरेर बस्ने गरेको तर, अधिकांश समय उनी अन्य मानिससँग हुने गरेकाले पिछा गर्न थालेको आठौं दिनमा हत्या गरेर शव गाडेको वयान रुपेन्द्रले प्रहरीसमक्ष दिएका छन्।
घट्ना भएको दिनपनि उनले सुष्मालाई प्रेम प्रश्ताव राखेका थिए। त्यसदिन पनि अस्विकार गरेपछि सुष्माकै टाई र जुत्ताको तुनाले घाँटी कसेर हत्या गरेको उनले स्विकारेका छन्। प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, झोला, सुष्माका किताब र मोबाइल बरामद गरेको छ।
२२ माघमा कलेजबाट नफर्केकी सुष्माको फेसबुक आइडीबाट २३ माघमा बेहुला बेहुलीको कपडा लगाएको फोटो पोस्ट भएको थियो। बेहुलाको अनुहारमा इमोजी राखेर छोपिएको थियो भने क्याप्सनमा लेखिएको थियो, ‘सरी सबैजनालाई ३ दिनमा म आउँछु ।’
३ दिनमा पनि नआएपछि २५ माघ सुष्मा हराएको कुरा प्रहरीसम्म पुग्यो। त्यसपछि रुपेन्द्रले सुष्माकै मोवाईलबाट सुष्माकी दिदी नाता पर्ने बिन्दा लामालाई म्यासेज गरी ‘किन के–को पुलिस रिपोर्ट गरेको? म तीन दिनमा आउँछु भन्दा भन्दै कस्तो मान्छे रै’छ। अब आउँछु भन्ठानिरा होला, अब मलाई बच्चा पनि भइसक्यो होला, हामीलाई जेलमा हालेर के पाउँछौं? अबबाट टाढा गएर बस्ने हो, कसैले चिन्ता लिनु पर्दैन हाम्रो,’ भन्दै धम्क्याएका थिए। उक्त फोटो रुपेन्द्रले नै इडिट गरी प्रहरीलाई छल्न फेसबुकमा हालेको खुलेको छ।
त्यसपछि भने उनले सुष्माको फेसबुक आइडी डिएक्टिभेट गरेर फोन पनि अफ गरेका थिए। प्रहरी विभिन्न प्रविधिको प्रयोग गरी त्यसपछि रूपेन्द्रको घरमा पुगेको थियो। घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
र, यो पनि