१ महिनाअघि वेपत्ता किशोरीको शव तारेभीरमा भेटियो, कस्ले गर्यो हत्या ?

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ तारेभीर माथि शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा एक किशोरीको शव फेला परेको छ। स्थानीय १८ वर्षीया सुष्मा लामाको शव गाडिएको अवस्थामा फेला परेको हो।

सुष्मा २२ माघदेखि हराएकी थिइन्। आफन्तले २५ माघमा खोजतलासका लागि प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो। सोही क्रममा २४ फागुनको राती स्थानीयले ‘मान्छेको दुई वटा हात देखेको’ भन्दै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले बेलुकै गएर रातभरी घटनास्थललाई सुरक्षित राख्यो। २५ फागुनमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले खाल्डोबाट शव निकालेको थियो।

विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको प्रहरी टोलीले मृतक सुष्मा लामा नै भएको निर्क्यौल गरेपछि उनी आमा लुच्ची तामाङलाई घटनास्थलमा लगेर सनाखत गराएको थियो। प्रहरीले हुलिया परिपत्र, टेलिफोन, कल–डिटेललगायतको विश्लेषण गरी शव सुष्माकै भएको पहिचान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी ले वताए।

शवको टिचिङ अस्पतालमा पोष्टमर्टम भइसकेको छ। उक्त घटनामा प्रहरीले कसैलाई पक्राउ गरिसकेको छैन। उनको कस्ले र किन हत्या गर्यो भन्ने खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट