दुर्गा प्रसाईँ जस्ता चतुर ब्यक्तिको ८४ लाख ठगेका अर्याल पक्राउ

काठमाडौं– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेतको लाखौं रुपैयाँ ठगी गरेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं–३ महाराजगन्ज (हालः कागेश्वरी मनोहरा–१० पेप्सीकोला) का ४४ वर्षीय केदार अर्याललाई प्रहरीले पक्राउ गरेको हो।

अर्याललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार बिहान ९ बजे सिनामंगल गोल्डेन गेटबाट पक्राउ गरेको हो। आफुलाई निकै बाठो, चतुर र चलाख ठान्ने प्रसाईलाई ठगी गर्नु चानचुने कुरा होईन। तर, अर्यालयले प्रसाईसँग ८४ लाख रुपैयाँ उम्काएको पाईएको छ।

प्रसाईसँगको लेनदेन मुद्दामा झापा जिल्ला अदालतबाट अर्याल विरुद्ध ८४ लाख बिगो र २ दुई वर्ष कैदको फैसला भएको छ। तर, उनी पक्राउ परेको कारण भने प्रसाईंको मुद्दा नभए ५० लाखको बैंकिङ कसुर मुद्दा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झापाको दमकमा पम्मी देवानकी हजुरआमाको नाममा भएको ३ बिगाह जग्गा ग्लोबल आईएमई बैंकमा धितो जम्मा थियो। अर्यालले आफुलाई बैंकको प्रतिनिधि बताएर विभिन्न प्रलोभनमा पारी ५० लाख ठगी गरेको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यता, वरुण थापाको जाहेरीले अर्यालसमेत भएको ठगी मुद्धामा पनि उनलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना भएको छ। काठमाडौं जिल्ला अदालतले ३० मंसिर ०७६ मा यो फैसला सुनाएको हो।

बारा जिल्ला अदालतमा पनि अर्यालय विरुद्धको बैंकिङ कसुर मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ। उनले नेपाल टेलिकमको पत्रमा केरमेट गरेर लिखत सम्बन्धी कसुरसमेत गरेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट