सप्तकोशीमा प्रहरी नियन्त्रणबाट छुटेको १२ घण्टा नवित्दै बन्चरोले हानेर बुबाको हत्या
फत्तेपुर (सप्तरी) – सप्तरीको सप्तकोशी नगरपालिकामा एक युवकले बुधबार बन्चरोले हानेर आफनै वुबाको हत्या गरेका छन्।
सप्तकोशी नगरपालिका ३, नयाँवस्ती (मुसहरी टोल) का करिव २५/२६ वर्षका लालदेब सदाले बुबा ५५ वर्षीय हिराई सदाको हत्या गरेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।
घरायसी विवाद हुँदा वुधवार विहान करिव साढे ७ वजे उनले बुबालाई वन्चरोले हानेको स्थानीयले वताएका छन्। उनले वुबाको हत्या गरेपछि ठुलो बुबा दशन सदालाई पनि आक्रमण गरेका थिए। उनको टाउको तथा शरीरका अन्य विभिन्न भागमा चोट लागेको जनाईएको छ।
स्थानीय जनप्रतिनिधिका अनुसार ती युवक मंगलबार मात्रै प्रहरी नियन्त्रणबाट छुटेर घर आएका थिए। दुई जना छिमेकीलाई कुटपिट गरी टाउको फुटाई दिएको आरोपमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरले उनलाई नियन्त्रणमा लिएको थियो।
करिव २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले १२ घण्टा नवित्दै बुबाको हत्या गरेको जनाईएको छ। बुबा र ठुलोबुबाले सम्झाउन खोज्दा आवेशमा आई उनले आक्रमण गरेको स्थानीयको भनाईका आधारमा वडा सदस्य रमेश थापाले जानकारी थिए।
लालदेवलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुशन्धान भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दिपक रायले बताए।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
