वियर खाएर भिडिओ हेर्ने विषयमा विवाद, २ जना मिलेर घाँटी रेटी साथीको हत्या

जनकपुर– धनुषामा मोवाईलमा भिडिओ हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकनन्दनी गाउँपालिका–२ का १८ वर्षीय कैफ नदाफको हत्या आरोपमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ पक्राउ परेका हुन।

रोजा सकेर राति करिव साढे १० बजे उनीहरु आँप वगैचामा वसेर बियर खाएका थिए। सोही क्रममा भिडिओ हेर्ने विषयमा विवाद भएको र विवाद वढ्दै जाँदा दुईजना साथीले नदाफको घाँटी रेटेको प्रहरीले जनाएको छ।

घाइते नदाफलाई उपचारका लागि भारत लगिएको थियो। घट्नास्थल भारतीय सीमाबा ५० मिटर टाढा रहेको जनाईएको छ। उपचारकै क्रममा राति २ बजे उनको मृत्यु भएपछि शव घर ल्याएर प्रहरीलाई खबर गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट