घरमा सुत्न बोलाएर खन्ती प्रहार गरी युवकको हत्या

दमक— झापाको भद्रपुर–२ का ३५ वर्षीय सनम भनिने गंगा राईले आफनै घरमा सुत्न वोलाएर एक युवकको हत्या गरेका छन्। उनले खन्तीले टाउकोमा हानेर स्थानीय ३० वर्षका कमानसिंह राईको हत्या गरेका हुन।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गंगा बुधबार राति कमानसिंहकै घरमा गएर सुतेका थिए। सुतिरहेकै अवस्थामा कमान सिंहले गंगाको टाउकोमा फलामको खन्ती प्रहार गरेका थिए।
गंगाको घटनास्थलमै मृत्यु भएको थियो। पुरानो रिसिबीका कारण कमानसिंहले गंगालाई घरमा सुत्न दिएर खन्ती प्रहार गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ। कमानसिंह खन्तीसहित पक्राउ परेका छन्।
प्रतिक्रिया