डेढ लाखको ‘क्षमता अभिवृद्धि पिकनिक’ मा मेयर र प्रशासकीय अधिकृतको कुरा वाझियो

फत्तेपुर (सप्तरी) – सप्तकोशी नगरपालिकाको ‘क्षमता अभिवृद्धि पिकनिक’ का विषयमा मेयर कृष्णप्रसाद ढकाल र प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीकै कुरा वाझिएको छ।

मेयर ढकालले पिकनिकलाई कार्यक्रम नभनी ‘पिकनिक’ नै भएको बताएका छन। उनले पिकनिकका लागि कर्मचारीले पैसा उठाएको वताएका छन्।

प्रमुख प्रशासकिय अधिकृत चौधरीले भने रिफ्रेसमेन्ट र क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले नगरसभा सञ्चालनदेखि विभिन्न ऐन, नियमावली र निर्देशिकाहरुका वारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराउन यो कार्यक्रम गरिएको बताए।

उनले जनप्रतिनिधि र कर्मचारी गरी १७० जनाको कार्यक्रम भएपनि १ सयभन्दा वढिको सहभागिता रहेको बताए। कार्यक्रममा करिव डेढ लाख खर्च भएको उनको भनाई छ। स्रोतले भने पिकनिकमा ३ लाख रुपैयाँ खर्च भएको दावी गरेको छ।

र, यो पनि

नगरको पैसामा जनप्रतिनिधि–कर्मचारीको मोज, क्षमता विकासका नाममा कोशी किनारमा वनभोज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट