ओली र प्रचण्डको आदेश मान्दा पहिलो वढुवामै यसरी चिप्लिए रवि लामिछाने, डीएसपी वढुवामा विवाद

काठमाडौं– रवि लामिछाने गृहमन्त्री भएपछि नेपाल प्रहरीमा निस्किएको पहिलो बढुवा सिफारिस नै विवादमा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मान्छे वढुवा गर्न पहिलो नम्वरमा भएका उम्मेदवारलाई छुटाईएपछि बढुवा सिफारिस विवादमा परेको हो।

नेपाल प्रहरीमा ८ जना एसपीको पद लामो समयदेखि खाली थियो। एसपीहरू दानबहादुर मल्ल र बामदेव गौतमले गत साउनमा अवकाश पाए। त्यसपछि पाँच जना एसपी एसएसपीमा बढुवा भए। कात्तिक २४ गते बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरेन्द्रबहादुर ओली र चन्द्रदेव बढुवा भएका थिए। प्रहरी प्रधान कार्यालयले ७ माघमा एसपी रमेश बस्नेतलाई एसएसपी बनाएपछि ८ वटा दरबन्दी रिक्त थिए।

त्यसैले सिफारिस समितिले बुधबार बेलुका जनपद समूहमा रिक्त आठ एसपीका लागि डीएसपीहरूको नाम सिफारिस गर्यो। प्रधानमन्त्री दाहालको व्यक्तिगत सुरक्षामा खटिएका विनोद घिमिरे नअट्ने भएपछि उनलाई नछुटाउन यसअघि वढुवा रोकिएको थियो।

तर, सत्ता समिकरण फेरिएपछि झन समस्या आयो। सत्ता गठवन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसअकोलाई पनि लिष्टमा समेट्नै पर्ने वाध्यता पर्यो। डिएसपीहरू सन्तोष तामाङ र राजन लिम्बू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ भइसकेका थिए।

ओली ०७२ मा प्रधानमन्त्री हुँदा तामाङ उनका पिएसओ थिए भने ०७५ सालमा प्रधानमन्त्री हुँदा लिम्बू पिएसओ थिए। यसैगरी, ०७८ मा विनोद घिमिरे दाहालका पिएसओ भएका थिए। अन्तमा बुधबार यी तीनै जनालाई समेटेर बढुवा सिफारिस सूची सार्वजनिक भयो। त्यसो गर्दा पहिलो नम्बरमा रहेका प्रदीपबहादुर क्षेत्री र छैटौं नम्बरमा रहेका नारायण रन्जितकार लिष्टबाट आउट भए।

सूची आउँदा पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरन्जनदत्त भट्ट, सातौंमा राजन लिम्बू र आठौं नम्बरमा विनोद घिमिरे बढुवाका लागि सिफारिस भए।

अहिले एसपीमा सिफारिस भएका ८ जना ०६१ सालमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका हुन भने ०७२ मा डिएसपीमा बढुवा भएका हुन।डिएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री, दोस्रोमा अंगुर जिसी, तेस्रोमा ढकेन्द्र खतिवडा, चौथोमा यादव ढकाल, पाँचौंमा श्यामबाबु ओलीया, छैटौंमा नारायण रंजितकार, सातौंमा निरन्जन दत्त भट्ट, आठौंमा राजन लिम्बु, नवौंमा सन्तोष तामाङ, १०औंमा अनन्त शर्मा, ११औंमा एकनारायण कोइराला र १२ औं नम्बरमा विनोद घिमिरे थिए।

तर, अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम नै छुटाइएको छ। क्षेत्रीलाई छुटाउँदा आठौं, नवौं र १२ औं नम्बरका पिएसओ भइसकेका अधिकृतहरूको बढुवा सिफारिस भएको हो। यसअघिको वरियताक्रम अनुसार छैटौं नम्बरमा रहेका रञ्जितकार पनि छुटेका छन्। त्यसैले बढुवा सिफारिस सूची प्राथमिकता क्रम मिचेर निकालिएको भन्दै आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट