धादिङ अस्पतालमा कार्यरत डाक्टर प्रतिभा छाउनीस्थित घरमै मृत फेला

काठमाडौं– भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पाएकी डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्।
काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा उनलाई विहिवार मृत अवस्थामा फेला पारिएको हो। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्।
सलले पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स र रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक ल्याएकी उनको मृत्यु बारे अनुशन्धान भईरहेको प्रहरी वृत कालिमाटीले जनाएको छ।
प्रतिक्रिया