त्रिशुलीमा ट्याक्सी खस्दा मलामी गएर फर्कदै गरेका १ बालकसहित ५ जनाको मृत्यु

चितवन– काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको छ। मृत्यु हुनेमा एक बालिका, २ महिला र २ पुरुष छन्। चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीका अनुसार निधन हुनेमा ट्याक्सी चालक गोरखा–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँकी ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षकी अञ्जना रोकाया र ९ वर्षका बालक आगमन नगरकोटी छन्।

मृतकहरु मलामी गएर फर्केको खुलेको छ। उनीहरु काठमाडौंबाट बुबाको दाहसंस्कार गरेर गोरखा फर्कदै गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्याक्सीमा मृतकका श्रीमती, छोरा बहिनी, दिदी, भान्जा र ज्वाई सवार थिए। काज क्रिया गर्न घर फर्कदै गर्दा उनीहरुको पनि ज्यान गएको हो।

ट्याक्सी सडकदेखि झण्डै ७० मिटर तल नदीमा खसेको डिएसपी भण्डारीले बताए। ट्याक्सीमा रहेका गोरखा–७ का १८ वर्षीय दिवस रोकाया बेपत्ता छन्। उनको खोजी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट