लागु औषधको अखडा वन्यो फत्तेपुरको विद्यालय, विद्यार्थीलाई पनि रक्सी खुवाउँछन् शिक्षक

फत्तेपुर (सप्तरी) – सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुरस्थित राष्ट्रिय मावीका प्रधानाध्यापक सुरेन्द्रकुमार पण्डित शुक्रबार विद्यालयमै कुटिए। सोही विद्यालयमा काम गरेका तर, हालै (२/४ दिनअघि) मात्र हटाईएका विज्ञान शिक्षक आशिष चौधरीले पण्डितलाई धुलोपिठो पारेर (वेहोस हुने गरी) कुटे।

चौधरीको कुटपिटका कारण पण्डित वेहोस भएर लडेका थिए। त्यसपछि पनि उनीमाथि चौधरीले हिर्काईरहे। लात्तीले लागेर पण्डितको मुख फुटेको छ। करिव साढे १० वजेपछि भएको यो घट्नामा संलग्न चौधरीलाई प्रहरी चौकी फत्तेपुरले पक्राउ गरेको छ। हाल उनी इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन्।

चौधरीविरुद्ध गाली गलौज, कुटपिट तथा अभद्र ब्यवहारको मुद्दामा कारवाही गर्न माग गरिएको प्रअ पण्डितले वताए। उनका अनुसार चौधरीलाई आन्तरिक श्रोतबाट मासिक २५ हजार तलव खाने गरी अंग्रेजी माद्यमतर्फको विज्ञान शिक्षकमा नियुक्त गरिएको थियो। त्यसअघि कार्यरत शिक्षिका निसा आचार्यले विद्यालय छोडेपछि उनको स्थानमा चौधरी नियुक्त भएका थिए।

उनलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नायारायण आचार्यको ठाडो आदेशमा नियुक्त गरिएको पाईएको छ। चौधरी लागु औषध प्रयोगकर्ता रहेको, चोरी प्रकरणमा पक्राउ परिसेकेको र गलत आचरण भएकै कारण यस अघि कार्यरत उदयपुरको जोगिदह स्थित एक विद्यालयबाट निकालिएको जानकारी हुँदाहुँदै नियुक्त गरिएको एक शिक्षकले वताए।

कतिपयले ‘यस्तो नगरौं, पछि समस्या हुन्छ’ भन्दा ‘विग्रिएकालाई नै हो हामीले काम लगाउने, सुध्रिने मौका दिनुपर्छ’ भन्दै उनलाई कक्षा अवलोकनका आधारमा नियुक्त गरिएको स्रोतको दावी छ। आदेशकै भरमा नियुक्ति पाएपछि उनी काम गर्दैथिए। यस विचमा विद्यालयमा फेरी एउटा शिक्षकको कोटा खाली भयो।

ब्यवस्थापन समितिले फेरी पनि आदेशकै भरमा शिक्षक नियुक्त गर्यो। वडा कार्यलयले विद्यालय ब्यवस्थापन समितिमा प्रतिनिधिका रुपमा पठाएका (वडा सदस्य) दीपक राईले आफना छोरा युकेश राईलाई अंग्रेजी शिक्षकको नियुक्ति दिलाए। जानकारी अनुसारले उनीसँग शिक्षक लाईसन्स समेत छैन।

शिक्षकहरुका अनुसार पछिल्लो समय यीनै दुई जना शिक्षकका कारण विद्यालयमा समस्या आयो। दुवै जना टिफिन समयमा विद्यालय वाहिर गएर ड्रग्स प्रयोग गर्ने गरेको उनीहरु वताउँछन्। चौधरीले ‘साईन्स ल्याव’मा प्राक्टिकल गर्ने भन्दै मदिरा समेत मगाउन थाले। आफु पनि रक्सी खाने र विद्यार्थीलाई पनि ‘औषधी हुन्छ’ भन्दै खुवाउन थाले। यस विचमा विद्यालयकमा छात्रा समेतले मदिरा सेवन गर्न थालेको खुलेको छ। ‘साईन्स ल्याव’ ल्याव कम, रक्सी भट्टी ज्यादा हुन थाल्यो।

छात्राहरुमाथि हातपात तथा दुर्ब्यवहार गर्ने लगायतका काम गर्न थालेपछि चौधरीलाई निकाल्ने योजना वनाईयो। होलीको समय पारेर उनलाई निकालियो। तर, उनी विद्यालय आउन भने छोडेनन्। प्रअ पण्डितका अनुसार शुक्रबार पनि उनी आएर विद्यार्थीहरुलाई उक्साउने र अन्य शिक्षकहरुका विषयमा गलत कुराहरु गर्न थाले।

त्यसपछि उनलाई कार्यालयमा वोलाईयो। राम्रै मुखले घर जान आग्रह गर्दा उनले टेरेनन्। फेरी कक्षामा गएपछि उनलाई निकाल्न खोज्दा आफुमाथि हातपात भएको पण्डितले वताए। यसरी विद्यालय ब्यवस्थापन समितिले जथाभावी शिक्षक नियुक्त गर्दा अहिले समस्या आएको जानकारहरु वताउँछन्।

जथाभावी शिक्षक नियुक्ति गरिएको विषयमा अख्तियारले पत्र पठाएरै विद्यालयसँग जानकारी समेत मागेको खुलेको छ। त्यसपछि ज्यालादारीमा राखिएका शिक्षकहरुको विषयमा प्रकृया मिलाउन विद्यालय ब्यवस्थापन समितिलाई हैरानी परेको छ। उनीहरुलाई नै कसरी टिकाउने भन्ने विषयमा आईतबार समेत समितिको वैठक वसिरहेको स्रोतले जनाएको छ।

प्रअ पण्डितले पनि अचानक शिक्षक खाली हुँदा परिस्थितीजन्य वाध्यताले प्रकृया नपुर्याई शिक्षक नियुक्ति गरिएको स्विकार गरे। यस विषयमा अख्तियारले जानकारी मागेको पनि उनले वताए।

यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्य स्वयम गैरकानुनी रुपमा समितिमा वसेका छन्। शिक्षा नियमावली ०५९ ले नैतिक पतन हुने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको ब्यक्ति ब्यवस्थापन समितिको सदस्य नै हुन नपाउने ब्यवस्था गरेको छ। तर, आचार्य अदालतबाट फौजदारी अभियोगमा डामिएका ब्यक्ति हुन।

आचार्य उच्च अदालत जनकपुरबाट ०७९ फागुनमै ‘दुनियाँवादी फौजदारी’ मुद्दामा डामिएका ब्यक्ति हुन। मत्स्य विकास केन्द्र फत्तेपुरका तत्कालिन प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत जागेश्वर यादवले ०७८ भदौ २५ गते उच्च अदालत जनकपुर, राजविराज इजलासमा दर्ता गरेको ‘गाली वेईज्जती’ मुद्दाको अन्तिम फैसलामा आचार्य दोसी ठहर भएका छन्। ’

न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र जगतवहादुर थापाको ०७९ फागुन २ गतेको संयुक्त इजलासले आचार्यलाई १ सय रुपैयाँ जरिवाना गरेको छ। यसअघि जिल्ला अदालत सप्तरीको ०७७ चैत २३ गतेको फैसला उल्ट्याएर उच्च अदालतले आचार्यलाई ठोसी ठहर गरेको हो। उक्त मुद्दामा जिल्ला अदालतले वादी जागेश्वर यादवको दावी नपुग्ने फैसला सुनाएको थियो। जिल्लाको फैसला वदर गर्न माग गर्दै यादवले उच्च अदालतमा पुनरावेदन गरेका थिए। यादवका अनुसार सप्तकोशी नगरपालिकाका तत्कालिन वडाध्यक्ष आचार्यले उनलाई अपशब्द प्रयोग गरी गाली गरेका थिए।

आचार्यले ‘तेरीमा झ्याक्ने’ भन्दै गाली गरेको कुरा उच्च अदालतले समेत पुष्टि गरेको छ। सोही अनुसार आचार्यलाई गाली बेईज्जती ऐन २०१६ को दफा ७ बमोजिम जरिवाना भएको हो। अदालतले फौजदारी अभियोग पुष्टि गरेको लामो समय वितिसक्दा समेत आचार्य भने विद्यालय ब्यवस्थापन समितिमा लिसो झै अध्यक्षमा कायम छन्। सरोकारवालाले यस विषयमा गुनासो गरेपनि उनले नैतिक्ता देखाउन नसकेको एक सदस्यले वताए।

सप्तकोशीको राष्ट्रिय मावीमा शिक्षकहरुबीच कुटाकुट, एक जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट