नेपालका गुलशन र करणको उत्कृष्ट बलिङमा ९८ रनमा अल आउट भयो गुजरात

काठमाडौं– गुलशन झा र करण केसीको उत्कृष्ट बलिङसँगै नेपाले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) मा भारतको स्टेट टोली गुजरातलाई ९८ रनमा अलआउट गरेको छ।
आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाएका थिए। गुजरातले १८२ ओभरको खेलमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो।
गुजरातका लागि रुद्ध पटेलले सर्वाधिक २२ बलमा २३ रन बनाए। त्यस्तै हेमंग पटेलले २३ रनमा २० रनको योगदान दिए। बाँकी बलरले उत्कृष्ट ब्याटिङ गर्न सकेनन्।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए। त्यस्तै करन केसीले ३ विकेट लिए। र सोमपाल कामीले एक विकेट लिए।
प्रतिक्रिया