शारिरीक सम्बन्ध नराखेको भन्दै पति विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं– भारतको विहार राज्य अन्तर्गतको मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै पति विरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

महिला वैशाली जिल्लाको लालगञ्ज थाना क्षेत्रको एक गाउँकी बासिन्दा हुन्। आरोपित उनका पति अहियापुर थाना इलाकाका हुन्। प्रहरीले महिलाका पतिसहित ६ जनाविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेको छ।

प्रहरी कार्यालयमा दर्ता भएको एफआईआरमा पीडितले भनेकी छिन्–‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो। बिहेपछि म पतिको घर गएँ। विवाह भएदेखि मेरा पतिले मसँग शारीरिक सम्बन्ध राखेका छैनन्। त्यसपछि मैले घरका सदस्यललाई भनेँ। तर, उनीहरूले पनि पतिलाई कुरा बुझाएनन्।’

त्यसपछि ती महिलाले पतिलाई ‘शारीरिक सम्बन्ध किन नराखेको ?’ भनेर सोधिन्। तर, उनी त्यसको जवाफ दिदैनथे। वरु, बारम्बार गाली र कुटपिट गर्थे। यति मात्र होइन, माइती जाने कुरा सुनेपछि भन्थे– ‘घरबाट निस्क्यौ भने तिमी र तिम्रो परिवारलाई मारिदिन्छु।’

महिलाका अनुसार उनी हजुरबुवा बिरामी भएको बहाना बनाएर घरबाट भागेर माइती आएर बसेकी छिन्। तर, अहिले पनि पतिलगायत उनको परिवारले उनलाई लगातार धम्की दिइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट