दाउले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा सोमबार साँझ एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
४६ वर्षीय दिपक लिम्बुले दाउले हानेर श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेका हुन। हत्या आरोपमा प्रहरीले दिपकलाई पक्राउ गरेको छ।
दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको खबर पाउनासाथ प्रहरी चौकी जिरीखिम्तीसहितको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
प्रहरीले प्रहरीले अनुसन्धान थालेको छ।
प्रतिक्रिया