आयरल्यान्डसँग निरीह बने नेपाली ब्याट्सम्यान, सामान्य लक्ष्यमा २१ रनको हार

काठमाडौँ– आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा बुधबार नेपाल ‘ए’ टोली २१ रनले पराजित भएको छ। सामान्य विजलक्ष्य पछ्याए पनि ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि नेपाल पराजित भएको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो। उसले ३८.३ ओभरमा अलआउट हुनुअघि एकसय ५७ रनमात्रै बनायो। जवाफी ब्याटिङमा ओर्लिएको नेपाल २५.३ ओभरमै अलआउट भयो। जसमा नेपाली ब्याट्सम्यानले जम्मा १सय ३६ रनमात्र बनाउन सके।

नेपालका लागि साहब आलमले सर्वाधिक ३७ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। साहब आलमले ३४ बलको सामना गरी एक छक्का चार चौका प्रहार गरेका थिए।

बाउन्ड्री प्रहार गर्ने धुनमा साहब आलम क्याच आउट भएपछि नेपालको जितको आशा समाप्त भएको थियो। उनी पेभेलियन फर्किदा नेपालको नवौं विकेट ढलेको थियो। त्यसअघि नेपालका लागि ओपनर देव खनालले २६, बसिर अहमदले २०, रिजन ढकालले ३५ रन बनाए।

नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर अर्जुन कुमाल ९, कप्तान विनोद भण्डारी ९, कमलसिंह ऐरी ६ र अर्जुन साउदले ४ रन वनाए। भीम सार्की, आरिफ शेख र मौसम ढकालले खाता पनि खोल्न सकेनन्।

नेपालले अतिरिक्त रुपमा १३ रन पायो। आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पाँच विकेट लिए। लियाम म्याकार्थीले पनि चार विकेट हात पारे। नेपालका एक ब्याट्सम्यान रन आउट भएका थिए। त्यसअघि नेपाली खेलाडी कमलसिंह ऐरीले आयरल्यान्डेका विकेट लिएका थिए। कमलले ६.३ ओभरमा एक मेडन राख्दै केवल २१ रन खर्चिएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट