१ वर्षअघि पोर्चुगल पुगेका नेपालीको समुद्रमा डुबेर मृत्यु, १८ दिनअघि पुगेका वेपत्ता
काठमाडौं– १ वर्षअघि पोर्चुगल पुगेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ भने एक युवक हराइरहेका छन्।
मोन्तिजोस्थित समुद्रमा शनिवार राती सामुद्रिक जीव खोज्न गएका नेपालीहरु मध्ये धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। कटुञ्जेकै ३८ वर्षीय टेकबहादुर तामाङ हराइरहेका छन्।
तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनका अनुसार धनबहादुरको शव आइतबार समुद्रमा फेला परेको र बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको छ।
धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ। धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल गएका थिए। यस्तै चार महीनाअघि क्रोसिया पुगेका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल पुगेका थिए।
मोन्तिजो बस्दै आएका उनीहरु नातामा काकाभतिज पर्छन्।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

