तरकारी बोक्ने गाडीमा गाँजा तस्करी, मिनी ट्रकमा ५४४ केजी गाँजा बरामद
इटहरी– धनकुटामा तरकारी बोक्ने गाडीमा गाँजा तस्करी हुने गरेको पाईएको छ। आईतबार राती धनकुटाबाट धरान आउँदै गरेको मिनी ट्रकमा ५४४ केजी गाँजा बरामद भएपछि यस्तो धन्दाको खुलासा भएको हो।
प्रहरीले राती चेकजाँचका क्रममा को १ ख ३२९४ नम्बरको मिनी ट्रकबाट १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको थियो। प्रहरीले गाँजासहितको मिनीट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन्।
गत महिना पनि भेडेटारबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा अटोलगायतका सवारी साधनबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले जानकारी दिए।
प्रतिक्रिया