युएईमा नेपाली महिलाको रहस्यमय मृत्युः पति फरार, भाई पक्राउ

काठमाडौं– एक वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी अर्घाखाँचीको पाणिनी–५, मैदानकी राधिका घिमिरेको आइतबार बिहान रहस्यमय मृत्यु भएको छ। उनको हत्या भएको आशंका छ।

राधीका पतिसँग अजमानमा वस्दै आएकी थिईन। जानकारी अनुसार राधिकाले ४ वर्षअघि कैलालीको टीकापुर–७ का नेत्रप्रसाद न्यौपानेसँग दोस्रो विवाह गरेकी हुन्। पहिलो वैवाहिक सम्बन्धमा समस्या आएपछि कानूनीरूपमा अलग भएर उनले नेत्रसँग विवाह गरेको पाईएको छ। पहिलो सम्बन्धबाट उनकी ९ वर्षकी छोरी छिन्।

नेत्रले पनि राधिकालाई तेस्रो श्रीमतीको रुपमा भित्र्याएको पाईएको छ। तर, उनले राधिकालाई भने दोस्रो श्रीमती भन्दै ढाँटेका थिए। यो कुरा राधिकाले थाहा पाएपछि आफूलाई चिट गरेको बताउँदै आएकी थिईन।

घटना भएको दिन पनि राधिका र नेत्रबीच विवाद भएको थियो। दुई जनाको झगडा एउटै फ्ल्याटमा वसेका अन्य छिमेकीहरुसम्मले थाहा पाएका थिए। नेत्रले मदिरा सेवन गरी राधिकासँग झगडा गरेको खुलेको छ। नेत्र र राधिकाको झगडा हुँदा राधिकाका माइतीतर्फका नाताले भाइ पर्ने थानेश्वर घिमिरे पनि घट्नास्थलमै भएको पाईएको छ। उनी दिदीभीनाजुहरुसँगै वस्दै आएका थिए।

उनले दिदी भिनाजुको धेरै झगडा भएपछि आफू बाथरुममा गएर आधा घण्टा बसेको र निस्किदा दिदीलाई नदेखेर खोज्दा घरको भुइँमा देखेको बताएका छन्। उनको यो भनाईका आधारमा झगडा हुँदा नेत्रले कुटपिट गरी राधिकालाई ५औं तलाको बाल्कोनीबाट खसालेको हुन सक्ने परिवारले आशंका गरेको छ।

राधिकाको शव उनीहरू बस्दै आएको घरबाहिर माथिबाट खसेको र छेतविच्छेद अवस्थामा फेला परेको थियो। एम्बुलेन्स र प्रहरी आउन्जेल घट्नास्थलमै रहेका पति त्यसपछि सम्पर्कविहीन छन्। थानेश्वरलाई प्रहरीले पक्राउ गरेको छ। सुरुमा उनले घट्ना वारे जानकारी नभएको वताएका थिए भने पछि घटनास्थलबाट भागेका थिए।

अजमानमा रहेको ‘द वान एण्ड ओन्ली वान मधु ब्युटी लन्ज फ्रिजोन’ कम्पनीमा ब्युटिसियनको रूपमा कार्यरत राधिकाले नै पतिलाई काममा लगाउने भन्दै युएई बोलाएकी थिईन। थानेश्वरलाई पनि केही दिन अघि उनले नै बोलाएको खुलेको छ। उनीहरू ३ जना एकै ठाउँ बस्दै आएका थिए।

पहिलो विवाह सम्वन्धबाट जन्मिएककी छोरीको उपचारका लागि राधिका ईद मनाएर नेपाल आउने तयारीमा थिईन। राधिकाको परिवारमा अव छोरीसहित बुवा आमा १ दाई र भाइ छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट