प्रचण्डलाई हतियार दिएर जंगल पठाउनेले अहिले रास्वपा चलाईरहेको ज्ञानेन्द्र शाहीको खुलासा

राजविराज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री एवम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रचण्डको जेठो छोरो भएर भित्रिएको आरोप लगाएका छन्।
एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा केही समयअघि राप्रपा, रास्वपासहितका दलहरु मिलेर कम्युनिष्ट विहिन सरकार वनाउन प्रश्ताव गर्दा रवि लामिछाने नमानेको प्रसंग उठाउँदै उनले त्यसको पछाडिको कारण चै प्रचण्ड रहेको खुलासा गरे।
माओवादीका तत्कालिन अध्यक्ष प्रचण्डलाई हतियार दिएर जंगल पठाउनेले नै महिले रास्वपा चलाईरहेको आरोप लगाएका शाहीले सोही कारण रवि लामिछाने प्रचण्डको छोरो जस्तै भएर वसेको वताए।
‘रवि लामिछानेलाई गृह दिने र हामीले अर्थ लिएर वहुमतको सरकार वनाउने अनि प्रचण्ड र ओली दुवैलाई वाईवाई गर्दिने भनेका थियौ’ शाहीले भने–‘प्रचण्डजीको जेठो छोरो जसरी, प्रकाश दाहाल गैसकेपछि त रवि लामिछाने छोरो भएछ। प्रचण्ड विना त वहाँ एक इन्च पनि हल्लिनु हुन्न। के साईनो रैछ भनेर भित्र पत्ता लगाएको त, प्रचण्डलाई जल्ले हतियार दिएर जंगल पठाए, त्यसैले अहिले रास्वपा चलाई रहेको छ।’
सोही कारण रवि लामिछानेहरुले हिन्दुहरुको विरोध गरेको पनि शाहीले दावी गरे। ‘तेही भएर वहाँहरुले हिन्दुहरुको विरोध गर्नु हुन्छ। चुनाव चिन्ह चै घण्टी लिनुभाछ, त्यो चै हिन्दुहरुको चुनाव चिन्ह हो। घण्टी, शंख, त्रिशुल हो।’ उनले अगाडि थपे–‘यो तितो लाग्ला, धेरै साथीहरुलाई। यो तितो लाग्ला। फेरी वहाँको समर्थनहरु फेरी के छ भने– वुद्धिजीवहरु छैनन्। वहाँलाई तितो लाग्ला यो कुरा। घण्टी, शंख, त्रिशुल चै हिन्दुहरुको हो वास्तवमा। तर, वहाँ तलवाट जितेर आउनु हुन्छ, माथि चै हिन्दुराष्ट्र चाहियो भन्दा खेरी हुँदैन भन्नु हुन्छ।’
धर्म निरपेक्षता चाहिने हो भने घण्टी चुनाव चिन्ह छोड्नु पर्ने उनको आशय छ। ‘धर्म निरपेक्षता चोहियो भन्नु हुन्छ। धर्मनिरपेक्षता चाहियो भने तपाईले घण्टी किन लगेको चुनाव चिन्ह’ उनी भन्छन्–‘घण्टी त हिन्दुहरुको मन्दिरमा राख्ने हो नी। चर्चमा हुँदैन। इसाईहरुको चर्चमा घण्टी हुँदैन। त्यहाँ क्रश हुन्छ।’
हेर्नुहोस अन्तरवार्ताको केही अंश