कार चालक र उनकी श्रीमतीलाई कुटपिट गरेको आरोपमा काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा पक्राउ

काठमाडौं– ‘लेडी डन’ को उपनामले परिचित नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा पक्राउ परेकी छन्। ललितपुरको दमकल चोकस्थित सुमेरु सिटी अस्पतालबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

एउटा कार चालक र उनकी श्रीमतीलाई हातपात गरेको आरोपमा उनी पक्राउ परेकी हुन। बा. ४६ प ४५४१ नम्बरको बुलेट बाइकमा पुल्चोकतर्फ गइरहेकी लक्ष्मीको कारका चालक र उनकी श्रीमतीसँग विवाद भएको थियो।

बच्चा कार चालककी श्रीमतीले बच्चा कारमा राख्न खोज्दा लक्ष्मीको मोटरसाइकल लरखराउँदै अस्पताल छेउको सडक किनारमा पुगेको थियो। सोही विषयमा विवाद भयो। आवेगमा आएर उनले चालककी श्रीमतीको कठालो समातेकी थिईन।

लक्ष्मीले बोलाएर आएका थप ४÷५ जनाले कार चालकलाई पनि हेल्मेटले हिर्काएको प्रत्यक्षदर्शी बताउँछन्। घटनाले उग्र रुप लिएपछि पुल्चोक प्रहरी प्रभागबाट गएको टोलीले दुवै पक्षलाई नियन्त्रणमा लिएको छ।

कारधनी राष्ट्रिय अनुसन्धानका सूचक उद्धव थापा भएको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट