सलमान खानको घर अगाडि गोली प्रहार गर्नेको तस्विर सार्वजनिक, लरेन्स बिश्नोई समूहले लियो जिम्मेवारी

काठमाडौं– बलिउड स्टार सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली प्रहार गर्ने ब्यक्तिको तस्विर सार्वजनिक भएको छ। आइतबार बिहान ५ बजे दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले अपार्टमेन्ट अगाडि ४ राउण्ड गोली प्रहार गरेका थिए।

गोली प्रहार हुँदा सलमान आफ्नै घरमा थिए। सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए। शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन्।

एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ। मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन्। प्रहरीले आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ।

दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ फिट ८ इन्च हुन सक्ने प्रहरीले अनुमान छ। प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ।

घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ। एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्बजनिक भएको छ, जसमा सलमान माथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ। यद्यपी यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *