जर्जियाका सांसद नेपालका भन्दा अराजक, वैठकमै हानाहान

काठमाडौं– नेपालमा कहिलेकाँही सांसदहरुले नाटक देखाउँछन्। कहिले कर्सी तोडफोड गर्ने त कहिले संसद वैठकमै कपडा खोलेर नांगेझार गर्ने परम्परा नेपालका लागि नयाँ होईन। तर, जर्जियाको संसदमा भने सांसदहरूले नेपाललाई पनि पछि पारेका छन्।

जर्जियाको संसदमा सोमबार सांसदहरूबीच मुक्का हानाहान भएको छ। सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसदमा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेको सिएनएनले जनाएको छ।

मडिनाराड्जे ‘विदेशी एजेन्ट’लाई नियमन गर्ने विधेयक रोष्ट्रममा प्रस्तुत गर्दै थिए। त्यहीबेला दौडिँदै आएका प्रतिपक्षी दलका नेता एलिसाश्विलीले उनीमाथि मुक्का प्रहार गरेका हुन्। त्यसपछि त्यहाँ हानाहान भएको थियो।

उक्त विधेयकले विदेशबाट ‘फण्ड’ लिने संस्थाहरूले विदेशी एजेन्टको रूपमा दर्ता गराउनुपर्ने नभए जरिवाना तिर्नुपर्ने भनिएको छ। यस विधेयकलाई जर्जियामा रूसी विधेयक भनेर आलोचना समेत गरिएको छ। यसको विरोधमा पाँच हजारभन्दा बढी प्रदर्शनकारीले जर्जियाको संसद भवन अगाडि प्रदर्शन गरेका थिए।

यता नेपालमा भने सांसदले विभिन्न समयमा लिला देखाउँदै आएका छन्। २५ वैशाख ०८० मा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भ्रष्टाचारविरुद्धमा बोेल्न सभामुख देवराज घिमिरेले समय नदिएपछि वैठकमै भटाभट सर्ट र गन्जी खोजेका थिए।

यो किसिमको विरोध नेपालको संसदीय इतिहाँसमै पहिलो हो। उनले अर्धनग्न भएर विरोध जनाएका हुन्। सासद अमरेश कुमार सिंहले देशमा बढ्दो भ्रष्टाचार सेटिङका विरुद्धमा बोल्न खोजेका थिए। सभामुख घिमिरेले समय नदिएपछि उनले भटाभट कपडा खोलेर अर्धनग्न बनेका थिए ।

यसअघि ५ माघ २०७१ को मध्यरातमा संविधानसभामा विपक्षी गठबन्धनद्वारा संसद भवनभित्रै तोडफोड भएको थियो। सरकार पक्षले बहुमतीय प्रक्रियाबाट संवैधानिक प्रकृया अगाडि वढाउन खोजेपछि विपक्षी गठबन्धन संविधानसभामा तोडफोडमा उत्रिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट