फिल्म सुटिङका क्रममा प्रियङ्का चोपडा घाइते भइन्, अनुहारमा देखियो रगत

काठमाडौं– भारतीय अभिनेत्री प्रियङ्का चोपडा सुटिङका क्रममा घाईते भएकी छिन्। प्रियंका स्वयमले सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेपछि उनी घाईते भएको फ्यानहरुले जानकारी पाए।

तस्बिर हेरेपछि उनका फ्यानहरू चिन्तित भए। तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट देखिएको छ। अनुहारमा रगत लागेको देखिएको छ। प्रियङ्काले माइक्रोब्लगिङ वेबसाइट एक्समा शेयर गरेको यो तस्बिर हेर्दा सुटिङको क्रममा उनी घाइते भएको देखिन्छ।

उनले तस्बिरको क्याप्सनमा लेखेकी छिन्, ‘मलाई अचम्म लाग्छ कि विगत केही वर्षमा मैले काम गरिरहेको बेलामा रगत निस्किएका कति तस्बिर पोस्ट गरेकी छु ।’

प्रियंका एक्सन फिल्महरूमा पनि जमिकी अभिनेत्री हुन। हालैको यो तस्बिर हेर्दा उनी एक्सन फिल्मकै सुटिङका क्रममा घाइते भएको जस्तो देखिनछ। उनी अहिले फ्रान्समा एक फिल्मको सुटिङमा छिन् । उनले बेला बेलामा पर्दा पछाडिका भिडियो र तस्बिर पनि शेयर गरिरहेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट