क्रृत्रिम वर्षाको अनुशन्धान फेल हुँदा दुवईमा भारी वर्षा, भारतमा पनि हुन्छ यसको प्रयोग

काठमाडौं– अत्यधिक वर्षाका कारण अस्तब्यस्त भएका खाडी मुलुक ओमान, बहराइन र यूएईमा ‘क्लाउड सिडिङ’ प्रविधिको असावधानीपूर्ण प्रयोगको असर देखिएको आशंका गरिएको छ। अचानक परेको पानीले गर्दा बाढी आएपछि अहिले ती देशको अवस्था भयावह छ।

सामान्यतया यी क्षेत्र सुक्खा हुन्छन। युएईलाई विश्वकै सबैभन्दा गर्मी र सुक्खा हुने ठाउँमध्येको एक ठाउँका रूपमा लिइन्छ। यहाँको औसत वार्षिक वर्षा ७३ एमएम (३ इन्च) छ । र, त्यहाँको तापक्रम गर्मीमा औसत ५० डिग्री सेल्सियस हुने गर्छ।

तर, दुबईभन्दा १०० किलोमिटर टाढाको अल–आइन सहरमा पछिल्लो २४ घण्टाको अवधिमा २५६ एमएम वर्षा रेकर्ड भएको छ। ओमनमा २७३ एमएम वर्षाको रेकर्ड गरिएको छ। दुबई र आसपासका क्षेत्रमा बढी सुक्खापन र गर्मी भएकाले मौसम सुधार गर्नका लागि यूएईले नै ‘क्लाउड सिडिङ’ गरेको विज्ञहरूको भनाइ छ।

यूएईमा वर्षा हुनुभन्दा केही समयअघि उक्त देशको मेटेरियोलोजी एजेन्सीले ६÷७ ओटा क्लाउड सिडिङ फ्लाइट उडाएको अलजजिराले रिपोर्ट बनाएको छ। यता, द एसोसिएट प्रेसले सोमबारको फ्लाइट ट्रयाक गर्दा पनि एउटा यूएईको बिमान ‘क्लाउड सिडिङ’का लागि उडेको देखिएको छ। तर, उक्त एजेन्सीले भने त्यो कुरा अस्विकार गरेको छ।

यूएईले क्लाउड सिडिङ गर्दा ७ दशक पछिकै सबैभन्दा ठूलो पानी पर्दा डुबान भएको तर्क विश्लेषकहरुको छ। अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा आर्टिफिसियल अर्थात् कृत्रिम वर्षा कुनै नयाँ शब्दावली होइन। बाढी, खडेरी, लु, तुफान, डढेलो जस्ता स्थितिलाई आकाशबाटै नियन्त्रण गर्ने विकल्पको खोजीको रूपमा कृत्रिम वर्षाको चर्चा हुने गर्छ।

यूएईले ‘क्लाउड सिडिङ’का लागि ड्रोनमार्फत बादलमा विद्युतीय झट्का दिएको पनि बताइएको छ। यस प्रविधिका लागि यूएईले अर्बौं रकम खर्चेर अध्ययन तथा अनुसन्धान गरिरहेको थियो। सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको मौसमसँग सम्बन्धित सङ्गठनले ५० भन्दा बढी देशले हालसम्म ‘क्लाउड सिडिङ’ गराइसकेको जनाएको थियो। जसमा अस्ट्रेलिया, जापान, इथियोपिया, जिम्बावे, चीन, अमेरिका र रुस समेत रहेका छन्। भारतले समेत यसको प्रयोग गरेको छ। भयङ्कर खडेरीको सामना गरिरहेको तमिलनाडुमा भारतले सन् १९८४ मा पहिलो पटक यसको प्रयोग गरेको थियो।

त्यसपछि तमिलनाडुमै १९८४–८७, १९९३–९४ को बीचमा तथा कर्नाटकमा सन् २००३ र २००४ मा क्लाउड सिडिङ प्रविधिको प्रयोग गरिएको थियो। महाराष्ट्रमा पनि यसको प्रयोग भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट