विद्युत सव–स्टेशनमा आगलागी हुँदा डेढ करोडको क्षती
गुल्मी– गुल्मीको गुल्मीदरबार गाउँपालिका–४, बिरबास स्थित विद्युत सव–स्टेशनमा शुक्रबार साँझ आगलागी हुँदा डेढ करोडभन्दा वढिको क्षती भएको छ। स्थानीय रुङखादह सामुदायिक वनमा लागेको आगो विद्युत सव–स्टेशनसम्म पुगेको हो।
आगलागीमा स्टेशन परिसरमा रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ। अनुमानित डेढ करोड बराबरको तार जलेर नष्ट भएको अनुमान गरिएको कार्यालय प्रमुख अर्जुन पोखरेलले बताए।
जिल्लाका सवै क्षेत्रमा विद्युतिकरण गर्ने लक्ष्यले त्यस स्थानमा सामाग्री राखिएको थियो। पछिल्लो केहि दिनयता जिल्लाका विभिन्न स्थानका सामुदायिक बनमा आगोलागीका घटनाहरु बढ्दै गएका छन्।
प्रतिक्रिया