गोरखामा हिमताल फुट्यो, स्थानीय खहरेमा भिषण बाढी, एउटा पुल बगायो

काठमाडौं– गोरखाको चुननुब्री गाउँपालिका– १ मा रहेको वीरेन्द्र हिमताल फुटेर स्थानीय खहरेमा भिषण बाढी आएको छ।
बाढीले १५ मिटर लामो एउटा काठको पुल बगाएको छ भने थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरखा प्रहरीका एसपी बासुदेव पाठकले केहीबेरअघि प्रहरी टोली घटनास्थलतिर गएको बताए। ताल रहेको क्षेत्र चुननुब्री– १ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने उनले जानकारी दिए।
मानव वस्ती त्यति नभएकाले बाढीले मानिस र पशु चौपायालाई क्षति नगरेको उनको अनुमान छ। तर, एकिन जानकारी प्रहरी पुगेपछि मात्रै आउने उनको भनाई छ।
प्रतिक्रिया
लोकप्रिय

महाराजगञ्जमा प्रदर्शनकारीले नै गोली चलाएको भिडियो सार्वजनिक, ‘शान्तिपूर्ण आन्दोलन’ को दाबीमाथि प्रश्न
