चर्को गर्मीको समाचार पढ्दा पढ्दै गर्मीले नै बेहोस भएर ढलिन टेलिभिजन प्रस्तोता

काठमाडौं– चर्को गर्मीका कारण भारतिय टेलिभिजन दुरदर्शनको वेस्ट बंगाल शाखामा कार्यरत समाचार वाचिका समाचार भन्दाभन्दै बेहोस् भएर ढलेकी छन्। वेहोस भएर ढल्दा उनी मौसमसम्बन्धि तातो हावाबारे जानकारी दिइरहेकी थिईन।

दुरदर्शन टेलिभिजनकी समाचार प्रस्तोता लुपामुद्रा सिन्हा चर्को गर्मीले लाइभ कार्यक्रममै बेहोस भएकी हुन्। वेस्ट बंगाल क्षेत्रमा उग्र रुपले बढेको तातो हावाबारे अपडेट दिइरहेकी उनी आफै त्यसको सिकार बनेकी हुन्।

‘प्रत्यक्ष समाचार वाचनको क्रममा गर्मीले मेरो रक्तचाप ह्वात्तै घटेछ र बेहोस भएछु । त्यसअघि समाचार वाचन गर्दा असहज भइरहेको थियो’ होसमा आएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छन्–‘थोरै पानी पिउदा ठिक होला भन्ने लाग्यो तर त्यसले पनि काम गरेन। मेरो जिम्मामा आएका स्टोरीमध्ये त्यसबेला मैले ठ्याक्कै तातो हावाबारे वाचन गर्दै थिए। तातो हावाको स्टोरी वाचन गर्दागर्दै हातखुट्टा लल्याकलुलुक भए। तैपनि पढेर सिध्याउछु सोचेको थिए तर सकिन । एक्कासी अन्धार छायो र म बेहोस भए।’

वेस्ट बंगालको वेस्ट बर्डवान जिल्लाको तापक्रम ४३ डिग्रि माथि पुगेको छ। त्यहाँको मौसम विभागले आगामी तीन दिनसम्म दक्षिण बंगाल क्षेत्रमा तातो हावा चल्ने अनुमान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *