आज तराइका अधिकांश स्थानमा हावाहुरीको सम्भावना, यस्तो छ मौसम

काठमाण्डौं– मौसम तथा पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी, कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा यस्तो उल्लेख गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ।

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका केहीस्थान तथा कोशी र बागमतीको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको उल्लेख छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट