बलात्कार आरोपमा वेहुला पक्राउ परेपछि मण्डपमा वेहुलीको विचल्ली
काठमाडौं– भारतको उत्तर प्रदेशमा अनौठो घट्ना भएको छ। वेहुली लिन जाने तयारीमा रहेका बेहुलालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेपछि विवाह नै रद्द भएको घट्नाले आम सर्वसाधारण चकित परेका छन्।
यो घट्ना वाराणसीमा दुई दिन अघि भएको हो। यहाँ एक किशोरी वेहुली पतिको घर जान विवाह मण्डपमा सजिएर बसेकी थिईन। वेहुली पक्षका आफन्तहरु जन्तिको स्वागत गर्न आतुर थिए। यसै बेला प्रहरीले वेहुलालाई नै पक्राउ गरेर लग्यो। यो देखेर परिवारका सदस्य र आफन्तमा हाहाकार मच्चियो।
यो कुरा जव वेहुली पक्षसम्म पुग्यो, तव विवाह नै रद्द भयो। भारतीय मिडिया पत्रिका डटकमका अनुसाार वाराणसीको चौबेपुरको रुस्तमपुरमा भएको घट्ना हो यो। २१ अप्रिलका दिन गोविन्द पटेल नामका युवकको विवाहको तयारी धुमधामसँग हुँदैथियो।
घरगाउँले र आफन्त जन्ती जान तयारी अवस्थामा थिए। गोविन्द पटेलको विवाह वाराणसीको काजी सरायकी एक किशोरीसँग हुँदै थियो। सोही वखत पुलिसले वेहुलालाई पक्राउ गर्यो। उनलाई सारनाथ थानाको प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो।
गोविन्दको विवाहको बारेमा जानकारी पाएकी स्थानीय एक युवतीले उनी विरुद्ध बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएको खुलेको छ। गोविन्दले विवाह गर्ने आश्वासन दिएर आफुलाई ४ वर्षसम्म बलात्कार गरेको ति महिलाले आरोप लगाएकी छिन्।
सोही उजुरीका आधारमा प्रहरीले वेहुलालाई पक्राउ गरेको हो। यो कुरा वेहुली पक्षले जानकारी पाएपछि विवाह अस्विकार गरेको जनाईएको छ।