झापामा बोलेरले ठक्कर दिदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु

दमक– झापामा बुधबार विहानै बोलेरो जीप र मोटरसाईकल आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ।

बिहान करिब साढे ५ बजे शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा सुरुङ्गातर्फ जाँदै गरेको मे३प ५००१ नम्वरको मोटरसाइकल र विपरीत दिशामा जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नम्वरको बोलेरो आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनाको विर्तामोडस्थित बीएण्डसी हस्पिटल लाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरुको परिचय खुलेको छैन। २ जना करिव २५ वर्ष र एक जना करिव १६ वर्षका छन्।

बोलेरो चालक मेचीनगर ६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट