आफनै शिष्यालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रशिद्ध भरतनाट्यमका प्रशिक्षक पक्राउ

एजेन्सी– आफ्नै शिष्यलाई यौन दुर्व्यवहार गरेको आरोपपछि भारतका एक प्रसिद्ध भरतनाट्यम नर्तक र कोरियोग्राफर पक्राउ परेका छन्। नर्तक शीजित कृष्णलाई चेन्नई पुलिसले पक्राउ गरेको हो।

उनी विरुद्ध मद्रास उच्च अदालतमा यौन दुर्व्यवहारको उजुरी परेको छ। उनले नै प्रशिक्षित गरेका २ पूर्व शिष्यले चेन्नईको कला क्षेत्र फाउन्डेसनमा आफुहरुमाथि यौन दुर्व्यवहार दावी उजुरीमा गरेका छन्।

कला क्षेत्र फाउन्डेसनमा यस्तै यौन दुर्व््यवहारको घटना सार्वजनिक भएको एक वर्षपछि यो घटना सार्वजनिक भएको छ। यो घटना सतहमा आएपछि ठूलो विरोध प्रदर्शन भएको छ।

कला क्षेत्र फाउन्डेसनले हालसम्म यस मामिलामा केही प्रतिक्रिया दिएको छैन। घटना अनुशन्धानका जानकार प्रहरी अधिकारीले अमेरिका जान लागेका कृष्ण (५१) लाई नीलनकराईस्थित उनको निवासबाट पक्राउ गरिएको जनाएका छन्।

सरकारी स्रोतहरूका अनुसार चेन्नईस्थित अमेरिकी वाणिज्य दूतावासलाई यस केसको बारेमा जानकारी गराइएको थियो र त्यसपछि उनको भिसामा केही नाकाबन्दीहरू राखिएको थियो। सोमबार हिरासतमा लिएपछि कृष्णलाई म्याजिस्ट्रेट अदालतमा पेश गरी पुजाल कारागार पठाइएको थियो।

पीडित मध्ये एक जना चेन्नईका मनोवैज्ञानिकबाट उपचार खोज्दै थिइन्। जससँग उनले यौन उत्पीडनको घटनाहरू शेयर गरेकी थिइन्। मनोवैज्ञानिकले उनलाई कानुनी सहयोग लिन सुझाव दिए र उनको वकिललाई निर्देशन दिए। त्यसपछि उनीहरू मद्रास उच्च अदालत पुगेको जनाईएको छ।

पीडक भनिएका नर्तकले भने ‘असहमतिपूर्ण चुम्बन र स्पर्श’ लाई बुबाको प्रेमको प्रदर्शन वा नृत्य निर्देशनको अंशको रूपमा व्याख्या गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *