इलाम २ मा एमालेका सुहाङ विजयी, रास्वपाका मिलन लिम्बुको जमानत जफत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १५ वैशाखमा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले प िछ पार्दै सुहाङ विजयी भएका हुन्।

जितको दावीसहित अत्याधिक प्रचारित रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत जफत भएको छ। अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको गत वर्ष भदौमा निधन भएको थियो।

एमालेले सुवासका छोरा सुहाङलाई नै चुनावी प्रतिस्पर्धामा उतारेको थियो। उनले २७ हजार ७७२ मत पाएका छन् भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत पाए। पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए। रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो। उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो। ९०२ मत बदर भएको थियो। मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट