नविल बैंकको शाखा कार्यालयबाट डेढ करोड चोरी, घट्नाको तेस्रो दिन प्रहरीमा उजुरी

विरगन्ज– पर्साको वीरगन्ज स्थित बाइपास रोडमा रहेको नबिल बैंकको शाखाबाट करिव डेढ करोड रुपैयाँ चोरी भएको आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेको र वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको जनाईएको छ।

बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै जाहेरी दिएको छ। पर्सा प्रहरीका डीएसपी कुमारविक्रम थापाका अनुसार चोरले १ सय र २० रुपैयाँ दरका नोट चोरी भएको बताए।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार चोरले ४÷५ वटा बोरामा हालेर पैसा लगेका चोरले फर्किने बेलामा गेटमा ताल्चा लगाइदिएका थिए। सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंक भित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको थियो। चोरी भएको पैसाको एकिन गरी बैंकले जाहेरी दिएको हो। प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट